जनगणनाका लागि ४७ हजार कर्मचारी माग

काठमाडौं, माघ ११ – अर्को वर्ष हुने जनगणनाका लागि सरकारले करारमा ४८ हजार कर्मचारी माग गरेको छ।
आगामी वर्ष २०७८ मा राष्ट्रिय जनगणना हुँदै छ। त्यसका लागि केन्द्रीय तथ्यांक विभागले ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक माग गरेको हो। जनगणनाका लागि सबै कर्मचारी करारमा नियुक्त गरिनेछ। यसका लागि आजैदेखि दरखास्त आह्वान गरेको छ।
केन्द्रीय तथ्यांक विभागको वेबसाइटमा गएर अनलाइनमार्फत दरखास्त दिन सकिनेछ। दरखास्तका लागि ६० दिनको म्याद दिइएको छ। गणक र सुपरिवेक्षकका लागि कम्तिमा स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ। एक जनाले एक पदका लागि मात्रै दरखास्त दिनसकिनेछ।
जनगणनामा करिब चार अर्ब बजेट विनियोजन भएको विभागले जनाएको छ। वैशाखमा चुनाव भएपनि जनगणनालाई असर नपर्ने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविन लाल श्रेष्ठले बताए।