९० हजार जनाले प्रदेश लोकसेवाको विज्ञापनमा परिक्षा दिदै

माघ २१, हेटौंडा । बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले चौथो तह र पाँचौ तहका लागि कर्मचारी माग गरिएको विज्ञापनमा ९० हजार जनाले परिक्षा दिदै छन् ।
बागमती प्रदेशका १३ जिल्ला र अरु प्रदेशबाट समेत परिक्षार्थीले परिक्षा दिनका लागि फर्म भरेका छन् । चौथो तहको केहीको परिक्षा सकिएको छ भने केहीको परिक्षा हुँदै छ । चौथो तहको परिक्षामा प्रवेसपत्र लिनका लागि हेटौंडाको प्रदेश लोकसेवा कार्यालयमा एक हप्ता दिन सम्म निकै भिड लागेको छ । कर्मचारी अभाबका कारण काम गर्न निकै कठिनाइ भएको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले वताउनुभयो ।
प्रदेश लोकसेवा आयोगको हेटौंडा स्थीत कार्यालयमा ४९ जना कर्मचारीको दरवन्दीमा १२ जना मात्र कार्यरत रहेको र प्रदेश सरकारसंग कर्मचारी माग गर्दा पनि सुनुवाइ नभएको आयोगका पदाधिकारीहरु वताउँछन् । चौथो र पाँचौ तहको परिक्षा सञ्चालन गर्नका लागि कर्मचारी अभाबकै कारण निकै कठिनाइ बेहोर्नु परेको छ । कर्मचारी अभाबकै कारण काम गर्न नभ्यार तोकिएको परिक्षा समेत सरेको छ ।
यही माघ २८ र २९ गतेका लागि तोकिएको अनमी र अहेबको परिक्षा फागुन १५ गते र १८ गतेका लागि सारीएको अध्यक्ष श्रेष्ठले वताउनुभयो । लोकसेवा आयोगले खोलेको विज्ञापनमा चौथो तहमा मात्र समावेसी सहित ६२ हजार जनाले फर्म भरेका थिए । त्यस मध्यमा ४० हजार जनाले परिक्षा दिदैछन् । केहीको परिक्षा सकिएको छ । पाँचौ तहमा ५० हजार जनाले फम भरेर परिक्षा दिदैछन् । प्रदेशबाट पहिलोपटक विज्ञापन गर्दा धेरैले परिक्षाका लागि फम भरेको र परिक्षा दिनका लागि हेटौंडा सम्म आउनुपर्दा समस्या समेत बेहोर्नु परेको छ ।
चौथो तहको परिक्षामा अनलाइन सिस्टम नहुँदा प्रवेसपत्र लोकसेवा आयोगको कार्यालयमै आउनुपर्दा धेरैले समस्या बेहोर्नु परेको छ । हेटौंडामा कोठा नपाउने, पाइहाले पनि होटलवालाले महगोमा दिनेलगाएतका कारणबाट विद्यार्थीले समस्या बेहोर्नु परेको छ । लोकसेवा आयोगको परिक्षा अत्यन्तै संबेदनसिल मानिन्छ । तर, पनि कर्मचारी अभाबका कारण परिक्षा सञ्चालन गर्न र त्यस भन्दा अघीका काम गर्न समस्या भएको अध्यक्ष श्रेष्ठले वताउनुभयो ।