अमेरिकी करोडपति १८० वर्षसम्म बाँच्ने उपाय खोज्दै

माघ २६- जो कोही मानिस दीर्घायू बन्न चाहन्छ । बढीभन्दा बढी उमेरसम्म बाँच्ने चाहना सायद सबैको हुन्छ । दीर्घायू र स्वस्थ रहनका लागि मानिसले आहार विहार तथा व्यायामलगायतका धेरै कुरामा समय खर्चिरहेको हुन्छ । तर यति गर्दा पनि मानिसको आयु त निश्चित हुन्छ । सय वर्ष सम्म बाँच्ने मानिस कमै हुन्छन् ।

तर अमेरिकाका एकजना करोडपतिले चाहिँ १८० वर्षसम्म बाँच्न सकिने अचुक उपाय पत्ता लगाएको दाबी गरेका छन् ।प्रविधि क्षेत्रका करोडपछि डेभ एस्प्रेले आफुले अपनाउने जीवनशैली तथा उपचारका कारण कम्तिमा पनि आफू सन् २१५३ सम्म बाँच्ने दाबी गर्दछन् । यसका लागि उनले बायो ह्याकिङ्ग नामक शब्द नै प्रतिपादन गरेका छन् । यसले शरीरको जैविक घडीलाई पछाडि फर्काउनेछ । यसमा उनको पुरानो बोन म्यारो हटाएर नयाँ स्टेम कोष प्रत्यारोपण गरिनेछ । यसको लागि एक शल्यक्रियाकै २५ हजार अमेरिकी डलर लाग्नेछ ।

यसका साथै १८० वर्ष बाँच्ने प्रयासमा उनले अहिले नै आफ्नो दिनचर्यामा पनि विभिन्न खालका परिवर्तन ल्याएका छन् । उनी समय समयमा उपवास बस्दछन् । दैनिक साइकल चलाउँदछन् । गहिरो निद्रा पनि लिन्छन् र समय समयमा कोल्ड थेरापीमा समेत संलग्न हुन्छन्। उपवास गर्नाले सरीरमा ऊर्जा महसुस हुने उनको अनुभव छ । त्यसले जीउको वजनसमेत सन्तुलित बनाउने हुनाले स्वास्थ्यका लागि लाभदायी हुने उनी बताउँछन् ।

किन १८० वर्षसम्म बाँच्न चाहनुहुन्छ रु भन्ने प्रश्नमा उनी भन्छन्, ‘म उत्सुक छु । मलाई लाग्छ कि यो दुनियामा धेरै त्यस्ता चिजहरु छन् जसलाई हामी सुधार गर्न तथा सच्याउन सक्दछौँ । र, मलाई यस्तो अनूभुति हुन्छ कि मैले यस्तो अहिलेसम्म गर्न भ्याइसकेकै छैन ।’

अहिलेसम्म उनले आफ्नो उपचार प्रविधिमा १० लाख डलर खर्च गरिसकेका छन् । उनले स्टेम कोष प्रत्यारोपण पनि गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*