बलात्कारको कहाली लाग्दो अवस्था र मौनता

माघ २९, मकवानपुर – कसैको मन्जुरी बिना करकाप , डर धम्की वा बल प्रयोग गरी जबरजस्ती गरिने यौन सम्पर्क बलात्कार हो ।

त्यस्तै उमेर नपुगेको व्यक्तिलाई ललाई–फकाई मन्जुरी लिई वा नलिई गरिने यौन व्यवहारलाई पनि हामी बलात्कारको रुपमा लिने गर्दछौ । हाल नेपालमा बलात्कारको घटना दिन प्रतिदिन बढ्दै गइरहेको छ । बलात्काको घटना किन यसरी बढ्दै गइरहेको छ भन्ने बारे खासै अध्ययन भएको छैन । साना बलिकादेखि किशोरी अवस्थाको महिलामा यो घटना बढीरहेको पाइन्छ । यस्ता घटनाहरु हामीले प्रत्यक्ष रुपमा सुन्दै पनि आइरहेका छौँ । यस विषयलाई भन्दा पनि सरकारले राजनीतिक विषयलाई बढी चासोको विषयमा राखेको पाइन्छ ।

आमसञ्चार र सामाजिक सञ्जालमा आएका टिप्पणी हेर्दा गरिबी, बेरोजगारी, अशिक्षा, वैदेशिक रोजगार र पुरुष प्रधान सोच आदिको कारण बलात्कार भएको भन्ने मान्यता स्थापित भएको पाइन्छ । आहिले आफ्नै बुबासँग आफ्नै छोरी सुरक्षित छैन भने सोच्नुहोस् त यो घटना कस्तो काहाली लाग्दो छ र ? आजको समाजमा एक अबोध बालिका माथि बलात्कार हुनु लज्जाको विषय हो । के हामी सबै एक चेली बलात्कार भएको घटना सुन्दै अनि पीडितले न्याय नपाएको हेर्दै बस्नुपर्ने हो रु आखिर यो कहिले सम्म ?

यी कलिला कोपिलामाथिको बलात्कारले समाजको एक पुरुष पात्रको अस्तित्व नै हटाएको छ । एक चोटी हामी सोचौँ त यी बलात्कृत भएको आमा बुबा , दाजुभाइको मनमा के कुरा खेलेको होला रु मनमा उब्जेको यस्तै सयौं कुराहरु कहिले सेलाउने होला रु केन्द्रदेखि स्थानिय तहसम्म सुरक्षा व्यवस्थापन गर्न निकायहरु छ्न तर यहाँ निर्मला पन्त , भागरथी भट्ट , माया बिक जस्ता हजारै चेलीहरु बलात्कृत हुन पुगेका छन् यीनीहरुलाई न्याय खै ? किन चुप छ सरकार ? किन महिला एक्लै स्वतन्त्र भएर हिँड्न पाएका छ्रैनन् कहिलेसम्म यसरी लुकेर हिँड्ने त र ?

मलाई जहाँसम्म लाग्छ यस्तै घटना दिन प्रति दिन यसरी नै बढ्दै जाने हो भने केही वर्षमा महिलाको संख्या शुन्य हुन बेर लाग्दैन होला । बलात्कार कै कारण आज छोरी मान्छेले शिर ठाडो पारेर कतै हिँड्न सक्ने अबस्था पनि रहेको छैन भने विचार गरौँ त यो घटना कस्तो काहाली लाग्दो छ । बलात्कारको घटना रोक्नको लागि हामीले विद्यालय तहदेखि नै यौन शिक्षामा सुधार गर्नु महत्वपूर्ण छ । कडा कानुनको व्यवस्था र प्रभावकारी कार्यान्वयन, निष्पक्ष छानबिन तथा पिडितलाई न्याय सहज चुस्त दुरुस्त र संरक्षित महिला मैन्त्री उजुरी प्रक्रिया बनाउन सकेमा अपराधलाई न्यूनीकरण गर्न सकिन्छ ।  जिवित पीडित र पीडितका परिवारलाई सहयोग गरौं ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु