फेसबुकबाट घरमै बसी पैसा कमाउने तरिका

माघ २९, काठमाडौं । सामाजिक सञ्जालको लोकप्रियता वर्षेनि बढिरहेको छ । यीमध्ये फेसबुक आजको समयमा सबैभन्दा लोकप्रिय छ । विश्वभर यसको अढाई अर्ब मासिक सक्रिय प्रयोगकर्ता छन् । फेसबुक तपाईंको जीवनको सुन्दर पल बाँकी विश्वसमक्ष साझा गर्ने ठाउँ मात्र होइन । सक्नेले यहाँ पैसा पनि कमाउँछन् ।

फेसबुकबाट पैसा कमाउने धेरै तरिका छन् । साना व्यवसाय, ठूला ब्राण्डका लागि यो एउटा राम्रो प्लेटफर्म हो भने आफ्नो आय बढाउन चाहने सामान्य व्यक्तिका लागि पनि यो उपयोगी छ । आज हामी तपाईंलाई फेसबुकमा पैसा कमाउने १२ तरिका सिकाउने छौं ।

१. फेसबुकमा वस्तु बिक्री गरेर
फेसबुकमा सामानहरु बिक्री गरेर पैसा कमाउन सकिन्छ । यो एउटा सजिलो र सर्वाधिक प्रयोग हुने तरिका पनि हो । तपाईसँग बेच्न लायक केही सामग्री छ भने सजिलै पैसा कमाउन सक्नुहुन्छ ।

उदाहरणका लागि तपाईंसँग हस्तकलाका सामग्री तथा चित्रहरु छन् र पुराना बेच्नलायक सामानहरु छन् भने त्यसबाट पैसा आउन सक्छ । तर तपाईंले सूर्तीजन्य तथा मादक पदार्थ, जुवातास पैसा, जीवजन्तु, लागूऔषध, स्वास्थ सामग्री, हात हतियार आदि बिक्री गर्न सक्नुहुन्न ।

बिक्री गर्ने तरिका                                                                                                                                                                                                                       १. आफ्नो फेसबुक वालमा पोस्ट गरेर ।

२. किनबेच हुने ग्रुपमा आफ्नो सेवा अपग्रेड पोस्ट गरेर ।

३. फेसबुकमा बनेका मार्केटप्लेसहरु भिजिट गरेर ।

२. पेज भ्यू र लाइक्सबाट पैसा कमाउनुहोस्
यदि तपाईं फेसबुकलाई आयश्रोत बनाउन खोज्दै हुनुहुन्छ र फेसबुक पेज लाइक्सबाट पैसा कमाउन सकिन्छ कि सकिन्न भनेर सोच्दै हुनुहुन्छ भने आज हामी तपाईंलाई केही सिकाउने छौं ।

फेसबुक पेज लाइक्सबाट कसरी पैसा कमाउने ?                                                                                                                                                                  यदि तपाईंसँग धेरै लाइक्स छ भने कुनै पनि वस्तुको विज्ञापन गर्न तपाईंको प्रशस्त फलोअर्सहरु छन् भन्ने कुराको सुनिश्चितता हुन्छ । यसले तपाईंको विश्वसनीयता बढाउँछ र आफैले नयाँ सेवाग्राही सृजना गर्न सक्नुहुन्छ ।

जति धेरै फलोअर्स हुन्छन्, त्यति नै सजिलोगरी तपाईं सोसल मिडिया इन्फ्ल्युन्सर्स बन्न सक्नुहुन्छ । यस्तो बेला अन्य ब्राण्ड, प्रडक्टले विज्ञापन गर्न तपाईंलाई कमिसन दिन सक्छ ।

फेसबुकमा पैसा पाउन कति भ्युज हुनुपर्दछ ?                                                                                                                                                                  फेसबुकमा भ्युजको आधारमा पैसा कमाउन सकिन्न । तर तपाईंले त्यसको प्रयोग गरी ट्राफिकलाई मोनिटाइज गर्न सक्नुहुन्छ । याद राख्नुहोस्, भ्युज जति बढ्छ, सेल्स त्यति नै धेरै हुन्छ ।

लिड्स पत्ता लगाउन पनि फेसबुक ठूलो ठाउँ हो । तपाईंले आफ्नो अनलाइन कन्सल्ट्यान्सी व्यवसाय, ईकमर्श पसल वा कुनै पनि व्यवसायका लागि सम्भावित क्लाइन्टहरु फेला पार्न सक्नुहुन्छ ।

तपाईंले भ्युअरहरुलाई जति धेरै आकर्षित गर्न सक्नुहुन्छ त्यति नै ठूलो तपाईको अडियन्स बन्छ । जसले सम्भावित पेयिङ सेवाग्राही सृजना गर्दछ । यसका लागि पेजमा भिजिटरहरुको संलग्नता बढाउन आवश्यक छ । यसैले आफ्नो फलोअर्सहरुसँगको सम्बन्ध बलियो बनाउनुहोस् ।

३. फ्रेण्ड बोनस रेफर गर्नुहोस्
फेसबुकमा कतिपय कम्पनी हुन्छन्, जसले आफ्नो प्रडक्ट रिफर गर्दा क्यास बोनस अफर गर्दछ । तीमध्ये एउटा राकुटेन पनि हो । तपाईंले आफ्नो फेसबुक पेजमा एउटा विशेष लिङ्क शेयर गर्नु पर्दछ ।

यदि तपाईंको साथीले त्यसबाट साइनअप गर्छ भने तपाईंले क्यास बोनस पाउनुहुन्छ । तर बोनस अफर गर्ने कम्पनीको लिङ्क शेयर गर्दा आफू र अरुका लागि त्यो कतिको उपयोगी छ ख्याल गर्नुपर्दछ । तर बोनस रेफर गरेर पैसा कमाउन सकिने अवसर सीमित कम्पनीहरूले मात्र दिइरहेका छन् ।

४. कन्टेस्ट
फेसबुकमा बेलाबेलामा विभिन्न कन्टेस्ट, प्रतिस्पर्धा र गिभअवेहरु भइरहेका हुन्छन् । ती सबै उपयोगी र निःशुल्क हुन्छन् । यस्ता कन्टेस्टमा सहभागी हुन तपाईंले पेज लाइक गर्ने, पोस्ट शेयर गर्ने वा कमेन्ट गर्ने गर्नुपर्दछ ।

तपाईंले सधै क्यास जित्न त सक्नुहुन्न, तर ठूलो सम्भावना भने रहन्छ । यस्ता कन्टेस्टमा सहभागी भएर ग्याजेट, इलेक्ट्रोनिक्स सामान लगायतका सामान, रकम, छुट लगायत जित्न सक्नुहुन्छ ।

५. फेसबुक एड
यदि वस्तु तथा सेवा बिक्री गर्न फेसबुकमा तपाईंको विजनेस पेज छ भने फेसबुक एडले तपाईंको बिक्री भोल्युमलाई ह्वात्तै बढाइदिन सक्छ । तर यसका लागि तपाईंले केही पैसा तिर्नुपर्दछ । फेसबुक एड एउटा स्मार्ट लगानी हो, जसले राम्रो परिणाम दिन्छ । फेसबुक एड चलाउँदा तीन कुरामा तपाईले ध्यान दिनुपर्दछ ।

१. विज्ञापन गरिएको वस्तुको उद्देश्य

२. लक्षित अडियन्सस् विशेष अडियन्स चयन गर्नुहोस्, जसलाई विज्ञापन देखाउन चाहनुहुन्छ ।

३. बजेटस् एडलाई कति समय देखाउने हो लगानी त्यसमै निर्भर हुन्छ ।

यदि तपाईंको आफ्नो विजनेस पेज छैन भने लोकल व्यवसायका लागि तपाई फेसबुक मार्केटिङ प्रो बन्न सक्नुहुन्छ । तपाईलाई यस्तो गर्न मन छ भने फेसबुक साइड हसल कोर्स रिभ्यू चेक गर्नुहोस् ।

यो कोर्सले तपाईंलाई लोकल सेवाग्राही आवश्यक भएका विजनेसहरु खोज्न सिकाउँछ । उनीहरुका लागि फेबसुक एड बनाउँछ र उनीहरुको एड अकाउन्टलाई व्यवस्थापन गरिदिन्छ ।

६. क्राउड फण्डिङ
क्राउड फण्डिङ लोकप्रिय बनिरहेको अवस्थामा फेसबुकले आफ्नै फण्डरेजिङ फिचर ल्याएको छ । तपाईले त्यसबाट व्यक्तिगत फाइदा त लिन सक्नुहुँदैन, तर तपाईं कुनै असल कामका लागि यसबाट पैसा कमाउन सक्नुहुन्छ ।

७. फेसबुकबाट रोजगारी खोज्नुहोस्
नयाँ रोजगारी पाउनका लागि फेसबुक राम्रो स्थान हो । फेसबुकमा जब खोज्न ‘जब’ बटन थिच्नुहोस् । यसका लागि रोजगार प्रदायक विभिन्न ग्रुपहरुबाट स्क्रोल गर्दे जानुहोस् ।

८. ग्रुपहरुमा संलग्न हुनुहोस्
सोसल मिडियाबाट तपाईंले आफ्नो ब्राण्ड निर्माण गरेर बफादार अडियन्स बढाउन सक्नुहुन्छ । तर यो पैसा कमाउने सिधा तरिका हैन । तर जब तपाईंको अडियन्स बढ्छ, बिक्री अझ सजिलो बन्छ ।

अडियन्स बढाउने अर्को एउटा तरिका भनेको ग्रुपमा भएका अन्य व्यक्तिहलाई आफ्नो विज्ञताको क्षेत्रमा आकर्षित गराउने । तपाईं जति धेरै ग्रुपमा संलग्न हुनुहुन्छ, त्यसमा आफ्नो उपस्थितिलाई अर्थपूर्ण बनाउन सक्नुहोस् ।

९. लाइभ भिडियो                                                                                                                                                                                                                        आफ्नो ब्राण्डलाई लोकप्रिय बनाउने अर्को तरिका भनेको फेसबुकको भिडियो फिचर हो । यसले तपाईंका अडियन्सलाई ग्रुपमा इङगेज गराउँछ । यसरी तपाईंले अडियन्सबीच आफ्नो विश्वास निर्माण गर्नसक्नुहुन्छ । तर तपाई भौतिक वस्तु बेच्नुहुन्छ भने तपाईंले एड स्पेसलाई बढाउनुपर्ने हुन्छ ।

१०. फेसबुकमा लगानी गर्नुहोस्                                                                                                                                                                                                   फेसबुक एउटा सार्वजनिक रुपमा ट्रेड गर्ने कम्पनी हो । फेसबुको शेयर खरिद गरेर पनि यसमा तपाईंले लगानी गर्न सक्नुहुन्छ । तपाईंले सिङ्गल वा आंशिक शेयर खरिद गर्न सक्नुहुन्छ । यो कम्पनीले राम्रो गरिरहेको हुँदा यसको प्रतिफल पनि राम्रो आउने अपेक्षा गर्न सकिन्छ । तर शेयर बजारमा लगानी गर्नु सधै अनिश्चित हुने भएकोले तपाईंले इन्डेक्स फण्ड खरिद गरेर पनि आफ्नो लगानीलाई विविधिकरण गर्न सक्नुहुन्छ ।

११. सुरक्षा कमजोरी पत्ता लाएर                                                                                                                                                                                                        अन्य कम्पनीहरुले जस्तै फेसबुकले पनि सुरक्षालाई गम्भीर रुपमा लिन्छ । फेसबुकको बग बाउन्टी प्रोग्राममा पनि सहभागी भएर पैसा कमाउन सक्नुहुन्छ । यसरी फेसबुकको सुरक्षा कमजोर रिपोर्ट गरेर पैसका कमाउन सकिन्छ ।

१२. फेसबुक इन्स्ट्यान्ट आर्टिकल                                                                                                                                                                                             यो फिचर फेसबुकले न्युज र कन्टेन्ट पब्लिसरका लागि ल्याएको हो । इन्स्ट्यान्ट आर्टिकल अप्रुभ भएपछि पब्ल्सिरले आफूले चाहेको आर्टिकल सेलेक्ट गर्नुपर्छ । सेलेक्ट भएको आर्टिकल आफ्ना ग्राहक वा अडियन्सले मोबाइल एपबाट क्लिक गर्दा अन्य ब्राउजरमा नगई फेसबुक एपमै खुल्छ । फेसबुकले इन्स्ट्यान्ट आर्टिकलभित्र विज्ञापन राखिदिन्छ । विज्ञापनमा प्रयोगकर्ताले क्लिक गर्दा आउने रकमको हिस्सा पब्लिसरले पाउँछन् । यसबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु