आज घट्यो सुनको भाउ, तोलाको कति

फागुन ५, हेटौंडा – नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । आज सुनको मूल्य तोलामै ११ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ​८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ९८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य आज प्रतितोला २० रुपैयाँले घटेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु