२० हजार ५१२ जनाले लिए मकवानपुरमा कोरोना खोप

चैत ११, हेटौंडा । मकवानपुरमा हालसम्म २० हजार ५ सय १२ जनाले कोरोना भाइरस विरुद्धको खोप लिएका छन् ।
बिहिबार पश्चिमी मकवानपुरको मनहरी गाउँपालिकामा २ सय २९ जना जेष्ठ नागरिकहरुले कोरोना विरुद्धको खोप लिए संगै खोप लिनेको संख्या २० हजार ५ सय १२ पुगेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
आज हेटौंडा उपमहानगरपालिको विभिन्न स्थानका जेष्ठ नागरिकहरुलाई खोप लगाउने कार्य भईरहेको कार्यलयले जनाएको छ ।
माघ १४ गतेदेखि देशभर पहिलो चरणमा अग्रपंतिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्था कर्मचारी, पत्रकार लगायतलाई कोरोनाको खोप लगाईएको थियो भने हाल दोस्रो चरणमा फागुन २३ गते आईतबारबाट जेष्ठ नागरिकलाई खोप लगाउने कार्य सुरु गरिएको थियो ।