राष्ट्रिय जनगणनाको कार्यक्रम स्थगित

बैशाख २०, काठमाण्डौ- राष्ट्रिय जनगणनाको कार्यक्रम तत्कालका लागि स्थगित भएको छ ।

आउँदो जेठ २५ देखि असार ८ गतेसम्म गर्ने तयारी भएको जनगणनाको कार्यक्रम कोरोना महामारीका कारण केही समयका लागि स्थगित भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले  जानकारी दिनुभयो ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले जनगणनाको काम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । कोरोना महामारी कम भएपछि पुनः मिति तय हुने मन्त्री गुरुङले बताउनुभयो । १२ औं जनगणनाका लागि देशभर ४३ हजार गणक खटिएका छन् ।

अहिले गणक तथा सुपरीवेक्षक लागि आवश्यक तालिम तथा सूचीकरणको काम चलिरहेको थियो । नेपालमा हरेक १०र१० वर्षमा जनगणना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु