नेप्सेले बनायो नयाँ रेकर्ड, ५३.४४ अंकले बढ्यो नेप्से

२५ जेठ, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा नयाँ इतिहास कायम भयो । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक बढेर नयाँ रेकर्ड नै कायम भयो ।

सोमबार भने स्थिर देखिएको सेयर बजार मंगलबार भने पुनः नयाँ रेकर्ड कायम गराउन सफल भएको छ । मंगलबार नेप्से परिसूचक ५३ दशमलव ४४ अंकले बढेर २ हजार ९ सय ६० दशमलव १४ अंकमा पुगेको छ ।

यो हालसम्मकै उच्च हो । नेप्सेले परिसूचकमा नयाँ रेकर्ड राख्यो भने कारोबार रकम पनि करिब १७ अर्ब रुपैयाँ पुग्यो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु