कोरोनाको कारण हेटौंडा-१४ एक पुरुषको मृत्यु

असार ९, हेटौंडा । कोरोन भाइरस संक्रमणको कारण हेटौंडा उपमहानगरपालिकामा थप एक जना पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा-१४ का ७६ वर्षीय वृद्ध रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । वृद्धको आज बिहान उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

वृद्धमा असार १ गते कोरोना पुष्टि भएको र असार २ गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । वृद्ध मुटुरोगबाट पीडित रहेका थिए । यो संगै मकवानपुरमा कोरोनाबाट जिल्ला भित्रका मृत्यु हुनेको संख्या १ सय २१ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु