सुनको मूल्य बढ्यो, तोलामा कति ?

असार १८ काठमाडौं- शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबारको तुलनामा शुक्रबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको हो ।

बिहिबार तोलामा ९० हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ शुक्रबार बढेर ९१ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य बिहिबारकै मुल्य प्रतितोला १३ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*