गलत समाचारबाट टाढा रहनुहोस् – आँचल शर्मा

काठमाडौं, असार २७ – नायिका आँचल शर्माले आफ्नो बारेमा आएको एक समाचारको बिषयमा स्पष्टिकरण दिदै गलत समाचारबाट टाढा रहन फ्यानहरुलाई आग्रह गरेकी छिन् ।

नायिका आँचल शर्मा गर्भवती रहेको खबर केही समयदेखि सामाजिक संजालमा भाइरल भैरहेको छ । यही बिषयमा स्पष्टिकरण लेख्दै आँचलले गलत समाचारले बढी आकर्षित गर्ने उल्लेख गरेकी छिन् ।

उनले लेखेकी छिन्–‘म गर्भवती भएको बिषयमा समाचारहरु आइरहेका छन् । पक्कै पनि, गलत समाचारले सबैको ध्यान तान्छ ।’आँचलले केही राम्रो कारणले गर्दा अझै केही बर्ष आफूले आमा बन्ने बिषयमा नसोचेको उल्लेख गरेकी छिन् ।

आफू आमा बन्ने भएपछि यो खबर आफूले नै सुनाउने उनको भनाई छ । आँचलले यसैले पनि अहिलेलाई गलत समाचारबाट टाढा रहन फ्यानहरुलाई आग्रह गरेकी हुन् ।

नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले डेढ बर्ष अगाडि बिहे गरेका थिए । आँचल बिहेपछि म्यूजिक भिडियोको काममा नै व्यस्त छिन् । उनले, चाडै नै चलचित्र बनाउन लागेको खबर समेत केही समय अगाडि बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु