साउन २८ र २९ गते चिकित्सक लाइसेन्सको परीक्षा

हेटौडा, असार २८- नेपाल मेडिकल काउन्सिलले चिकित्सकको लाइसेन्स (दर्ता) परीक्षा गर्ने भएको छ ।

सोमबार काउन्सिलले २८ र २९ साउनमा लाइसेन्स परीक्षा गर्ने जानकारी दिएको हो । २९ असारदेखि १८ साउनसम्म नियमित तथा १९ र २० साउनमा बिलम्ब शुल्कसहित आवेदन भर्न सकिने काउन्सिलद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।

लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन खुला २९ असारदेखि हुनेछ । अनलाइन आवेदन भने २४ सै घण्टा भर्न सकिने व्यवस्था रहेको काउन्सिलले जनाएको छ भने परीक्षा केन्द्र काठमाडौंमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु