चीनले नेपाललाई थप १६ लाख खोप अनुदानमा दिने

श्रावण ०१ , हेटौँडा । चीनले नेपाललाई थप १६ लाख कोरोना खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा द्विपक्षीय सहयोग प्रबर्द्धन गर्ने बारेमा पनि छलफल भएको बताइएको छ ।
राजदूत यान्छीले कोभिड १९ विरुद्धको लडाईमा चीनले नेपाललाई सँधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
प्रधानमन्त्री देउवाले चिनिया सरकारले उपलब्ध गराएको भ्याक्सिन सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन् ।
चीनले यसअघि नै कोरोना विरुद्धको १८ लाख खोप अनुदानमा उपलब्ध गराइसकेको छ ।