मकवानपुरमा विद्युत चोरी गर्नेलाई कार्बाही

हेटौंडा । मकवानपुर जिल्लामा विद्युत चोरी गर्नेलाई कार्वाही गर्ने क्रम निरन्तर चलेको छ । बिद्युत हुकिङ गर्ने, मिटरबाट बाइपास गरेर चोरी गर्नेलाई कार्बाही गरिएको विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले जनाएको छ ।
बिद्युत चोरी गर्नेहरु हेटौंडा उपमानगरपालिका र मकवानपुरका ग्रामिण क्षेत्रका रहेका छन् । बिशेषगरी खेतमा सिंचाइ गर्नका लागि विद्युत चोरी गर्ने गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले मकवानपुरमा विद्युत चोरी गर्ने ६८ जनालाई आर्थिक वर्ष ०७७–०७८ मा नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले जरिवाना गरेको छ ।
एक वर्षमा ६८ जनालाई जरिवाना गरेबापत १६ लाख ४८ हजार ७ सय १० रुपैयाँ आम्दानी भएको प्राधिकरणको आय शाखाका लेखापाल संजीव कार्कीले जानकारी दिनुभयो । बिधुत चोरी गर्नका लागि प्रयोग भएका सामाग्री समेत प्राधिकरणले वरामद गरेको छ ।
बिद्युतको हुकिङमा प्रयोग भएका सामाग्री, सिंचाइमा प्रयोग भएका मोटर लगायतका सामाग्री समेत वरामद गरिएको प्राधिकरणले जनाएको छ । हरेक वर्ष बिद्युत चोरी नियन्त्रणको अभियाननै सञ्चालन गरेपनि यसको नियन्त्रण भने मकवानपुरमा हुन सकेको छैन ।