जानु पर्ने कासी पुग्छन कुत्ती

Comedy हास्य Champion प्रतियोगिता अर्थात नेपालीमा भन्नु पर्दा हास्य प्रतियोगिता हुन्छ ।

Comedy Champion Season 2 – TOP 4 || Episode 34 को अंकमा भारत सिक्किमको हास्य कलाकार बिक्की अग्रवालले प्रस्तुति दिए । बिक्की अग्रवाल मञ्चमा आउनासाथ दर्शकले तालि पिटे । तालि पिट्नुको कारण अब बिक्कीले पहिला जस्तै हास्य रस घोलेर सबैलाई पेट मिचिमिचि हँसाउनेछन्   तर भयो ठ्याक्कै उल्टो ।

बिक्की अग्रवालले उक्त दिन गरेको अभिनय British Christmas tradition थियो । मुक अभिनय गरेर दर्शकलाई मनोरन्जन दिने । बिक्किले भन्ने गरेको अभिनयको विषय यस्तो थियो Commonly known as “panto,” pantomime is a kind of comedy show that is a crucial part of British Christmas tradition. Pantos are intentionally silly and over-the-top. All the characters wear outrageous costumes and the actors typically dress in “drag,” meaning that the men dress as women and the women dress as men. No matter what the story is, there is always a bumbling hero, a clumsy villain, and the promise that the hero will fall in love.

https://greatbritishmag.co.uk/ask-a-brit/should-i-bother-going-to-a-christmas-panto/

कपुर खानदानको दोश्रो पिंढीको अभिनेता, निर्माता तथा निर्देशक स्व.राज कपुरले सन १९७० मा ‘मेरा नाम जोकर’ नामको चलचित्र बनाए खेले । आफ्नै निर्माण तथा निर्देशनमा बनाएको उक्त चलचित्रमा दर्शकलाई आकर्षित गर्न गीत संगीत तथा कथाको तानाबाना बुनिएको थियो । यदि गीत र संगीत नहुने हो भने उक्त चलचित्र ईतिहासकै सबैभन्दा झुर चलचित्रमा गनिने थियो । पढ्नुस … Mera Naam Joker (transl. “My Name is Joker”) is a 1970 Indian Philosophical drama film, directed and produced by Raj Kapoor, and written by Khwaja Ahmad Abbas. The film stars Kapoor as the eponymous character, with Simi Garewal, Kseniya Ryabinkina and Padmini in supporting roles, and it was also the debut of Raj Kapoor’s son Rishi Kapoor. The plot focuses on a clown who must make his audience laugh at the cost of his own sorrows. Three women who shaped his life view his final performance. Initially derided for its extremely long running-time, the film later on became a cult classic and is regarded as one of Raj Kapoor’s best films and among the best Bollywood films of the 20th century. https://en.wikipedia.org/wiki/Mera_Naam_Joker

Comedy Champion Season 2 – TOP 4 || Episode 34 https://www.youtube.com/watch?v=Akw873fqIzs

Comedy Champion का परिकल्पनाकारले दर्शकलाई पेट मिचिमिचि हसाउने उदेश्यले उक्त कार्यक्रमको निर्माण गरेका हुन् । टीमले तयार पारेको उक्त कार्यक्रममा ‘रोस्ट’ गर्ने भन्दै भाग लिएकादेखि आमन्त्रित हास्य कलाकारहरुले एक आर्कालाई घोचपेच गर्ने गरेको दृश्य पनि देखिएकै हो र बिक्की अग्रवालले आफ्नै देशको हास्य कलाकारको नक्कल पस्किएको भन्ने आरोप पनि पटक पटक लागेकै हो ।

नेपालीमा एउटा उखान छ ‘कासी जानु कुत्तीको बाटो’ । कासी पर्छ भारतमा जुन नेपालको दक्षिण दिशामा पर्छ भने कुत्ति तिब्बतमा पर्छ जुन नेपालको उत्तर दिशामा रहेको छ । बिक्की अग्रवालले पनि ठ्याक्कै नेपालको उखान र बेलायती कलाको नक्कल गरेका छन र बिचबिचमा स्व. राज कपुरको हाउभाउ । अहिले क्षणभरमा नै कस्ले कस्को अभिनय चोरेको छ भनेर पत्ता लगाउने जमानामा बिक्की अग्रवालले गरेको नक्कललाई सहि भन्न सकिदैन ।

नाम अनुसारको काम हुनु पर्दछ अर्थात हास्य कार्यक्रममा हाँसोको फोहोरा छुटाउन सक्नुपर्छ भनेर वरिष्ठ कलाकार सन्तोष पन्तले टिप्पणी गर्नासाथ यतिखेर कलाकार सन्तोष पन्तलाई कसरी खुल्याउने भन्ने घोडा दौडनै सुरु भएको छ । हामी नेपालीहरु रे र हल्लाको पछी लाग्छौ । धार्मिकदेखि सांस्कृतिक, राजनीतिदेखि फेसन जेमा पनि नक्कल रुचाउने बानी बसिसकेको छ भने सटिक टिप्पणी गर्ने कलाकार सन्तोष पन्त बेठिक अनि तिवारी र गोतामे चरित्र देखाउने अन्य निर्णयकर्ताहरुको टिप्पणी सहि लाग्नु कुनै नयाँ र नौलो कुरा भएन ।

पाहुनाको रुपमा निम्त्याइएका कलाकार तथा हास्य अभिनेता किरण के.सी ले म कुन कार्यक्रमको पाहुना बन्दैछु भन्ने हेक्का समेत राखेको देखिएन । मैले पनि त्यस्तै गरेँ । कोहि हाँसेनन् पछी उक्त अभिनयको बारेमा सरकारी समाचार पत्र गोरखापत्रले आधा पानाको टिप्पणी लेख छाप्यो भनेर बखान गर्दा किरण के.सी  पनि उही ड्याङको मुलामा पर्ने रैछन भन्न कर लाग्छ ।

हिजो देखि आज पनि मह जोडीले विभिन्न प्रस्तुति दिने गरेका छन् । हातको हाउभाउदेखि सुसेलीको अभिनयबाट नेपाली दर्शकले हाँसो थाम्न सक्दैन थिए । अर्काको नक्कल नगरिकन आफ्नै प्रतिभा देखाएको भएर आज मह जोडी प्रसिद्ध छन् । कलाकार तथा निर्णायक मध्येका एक ऋचा शर्माले विदेशमा अभिनय सिकेर आएको भन्दैमा तिनले बिक्की अग्रवालमाथि दिएको निर्णय जायज मान्न सकिँदैन किनभने हास्यको ठाउँमा अन्य विधा प्रस्तुत हुनु ठिक कसरी हुन सकिन्छ ।

बिक्की अग्रवालले गरेको अभिनय नाट्य मञ्चमा प्रस्तुत हुनु पर्नेमा ६ देखि १० मिनेट समय पाउने हास्य मञ्चमा प्रस्तुत किन गरियो ? हास्य विधामा पारङ्गत भएको व्यक्ति निर्णायक भूमिकामा हुनुपर्नेमा सिनेमाको निर्माता तथा निर्देशक, अनि अर्काको नक्कल गरेर वरिष्ठ हास्य कलाकारको तक्मा पाएकाहरुबाट छनौट हुने र अन्तिम अन्तिम बेलामा जसले भोट किन्न सक्यो उही विजेता हुने यस्ता कार्यक्रम क्षणिकको लागि मात्र रमाईलो हुनसक्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*