हुस्सु लागेसँगै आन्तरिक हवाई उडान प्रभावित

काठमाडौं । विभिन्न विमानस्थलमा बाक्लो हुस्सु लागेसँगै आन्तरिकतर्फको उडान आज बिहानैबाट प्रभावित भएको छ ।

कम भिजिविलिटीका कारण काठमाडौंबाट तुम्लिङटार, पोखरा र जनकपुरका लागि निर्धारित उडानहरु डिले (ढिलाइ) भएको काठमाडौं विमानस्थलले जनाएको छ ।

बुद्ध एयरले पनि यी गन्तव्यको उडान सुरु हुन नसकेको जानकारी यात्रुहरुलाई गराएको छ । प्रतिकूल मौसम र कम भिजिविलिटीका कारण कतिपय विमानस्थल ढिला खुलेको र कतिपय अझै नखुलेको भन्दै कम्पनीले यसले उडान प्रभावित भएको जनाएको छ ।

विमानस्थल कार्यालयका अनुसार अन्य विमानस्थलमा भने उडान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु