मकवानपुरमा बसको ठक्करबाट मोटरसाईकलमा सवार एकको मृत्यु

हेटौंडा । पुर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकाको सिमपानीमा बसले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ ।

गएराति १० बजे मनहरीबाट हेटौंडा आउँदै गरेको ना १६ प १८३५ नम्बरको मोटरसाईकललाई सोहि दिशाबाट हेटौंडा आउँदै गरेको ना ८ ख २८ १० नंबरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार हेटौंडा ३ बसामाडीका प्रमोद कुमार लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

बसको ठक्करबाट गम्भीर घाइते भएको लामाको उपचारको क्रममा मृत्यु भएको रिमाले बताए ।

मोटरसाइकल चालक भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

घटनाको आवशयक अनुसन्धान भईरहेको प्रवक्ता रिमालको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु