स्रोत नखुलेको रकम सहित हेटौंडाका राउत पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले बाघको जस्तो देखिने दाँत र स्रोत नखुलेको रकम सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ६ बस्ने वर्ष ५९ को भिम राउत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले राउतलाई वडा नं.बर १० बसपार्क स्थितबाट शुक्रबार दिउँसो पक्राउ गरेको हो । प्राप्त सूचनाको आधारमा चेकजाँच गर्दा उनको साथबाट १ थान बाघको जस्तो देखिने दाँत, स्रोत नखुलेको नगद रु एक लाख ५२ हजार र दुई थान मोवाईल नगद फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

राउतलाई उक्त दाँत र रकम सहित नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारवाहिको लागी जिल्ला वन कार्यालय तर्फ पठाईएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङबाट समन्वय समेत भईरहेको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*