मिस युनिभर्सको ताज भारतकी हरनाज सन्धुलाई
सुन्दरी प्रतियोगिता ‘मिस युनिभर्स – २०२१’ को विजेता भारतीय सुन्दरी हरनाज सन्धु बनेकी छन्। पञ्जाबकी हरनाजले प्रतियोगिता जितेसँगै भारतले २१ वर्षपछि फेरी मिस युनिभर्सको ताज आफ्नो पोल्टोमा पारेको हो।
सन् २००० मा बलिउड अभिनेत्री लारा दत्ताले यो ताज जितेकी थिइन्। सोही वर्ष हरनाजको जन्म भएको थियो।
बिजेता घोषणाा पछि सन् २०२० कि मि यूनिभर्स बिजेता मेक्सिकोकी आन्द्रिया मेजाले हरनालाई ताज पहिराइदिइन्। यो वर्ष इजराइलको एलातमा ७० औँ मिस युनिभर्स प्रतियोगिता आयोजना गरिएको थियो। हरनाजले पाराग्वेकी नादिया फरेरा र दक्षिण अफ्रिकाकी ललेला मसवानेलाई पछाडि पार्दै ताज पहिरिएकी थिइन्।
ताज पहिरिएपछि उनले सबैलाई धन्यवाद दिएकी थिइन्। मिस युनिभर्समा नेपालकी सुजिता बस्नेत प्रतियोगी भएर गएकी थिइन्।