हेटौंडाका जेनिशले जिते द भ्वाइस किड्सको उपाधि

हेटौंडा । मकवानपुरको हेटौंडा – १९ का जेनिश उप्रेतीले बाल गायन रियालिटी शो द भ्वाइस किड्सको पहिलो उपाधि जितेका छन् ।

शनिबार राति उप्रेतीले ग्रान्ड फिनालेमा बाँकी ७ प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् । टीम प्रमोदका उप्रेतीले टाइटल जितेसँगै नगद १५ लाख रुपैयाँ हात पारे ।

उप्रेतीसँगै फिनालेमा टीम प्रमोदकै रुक्सना लिम्बु, टीम राजुबाट सुप्रिम मल्ल ठकुरी र पासाङ डिक्की शेर्पा, टीम प्रविशाबाट अनुजा कडरियार सुसमी गुरुङ, टिम मिलनबाट मिन्छामा राई र नुमा राईले प्रतिष्पर्धा गरेका थिए ।

द भ्वाइस किड्स नेपालको पहिलो सिजनको डिजिटल अडिशनमा सहभागी २० हजारले आवेदन दिएका थिए । सोमध्येबाट एक सय जनालाई ब्लाइन्ड अडिसनमा सहभागी गराइएको हो ।

ब्लाइन्ड राउण्डबाट प्रत्येक टिममा १२ जनाका दरले ४८ जना छानिएका थिए । त्यसबाट लाइभका लागि २४ जना छानिए । अनि अन्तिम १६ हुँदै ८ जना फाइनलमा पुगेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*