हेटौंडामा गुम्बाको मेयर महतबाट शिलान्यास

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रमा गुम्बा निर्माणका कामले तिब्रता पाएको छ । बिभीन्न धार्मिक मठमन्दिरहरु निर्माण हुनेक्रमसंगै गुम्बा निर्माणका कामले पनि तिब्रता पाएको हो । गुम्बा निर्माणको काममा हेटौंडा उपमहानगरपालिकाले पनि सहयोग गर्दै आएको मेयर हरि बहादुर महतले बताउनुभयो ।

हेटौंडाका अधिकांश वडामा पुन निर्माण प्राधिकरण र उपमहानगरपालिकाकोसंगै स्थानीय वासिन्दाहरुको सहयोगमा गुम्बा निर्माण भइरहेका हुन् । यसैक्रममा हेटौंडा–१५ जाँते शिखरपानीमा ङ्योमा होसी स्नेह गुम्बा निर्माणको काम पनि सुरु गरिएको छ । यस गुम्बाको मेयर महतले शिलान्यास गर्नुभयो । १५ लाख रुपैयाँ यस गुम्बा निर्माणका लागि उपमहानगरपालिकाले सहयोग गरेको छ । अरु थप रहम स्थानीय वासिन्दाहरुले संकलन गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*