आगो बालेर झ्याल–ढोका बन्द गरी सुतेका दुईजनाको निसास्सिएर मृत्यु

काठमाडौँ – न्यानोका लागि बालिएको आगोका कारण निसास्सिएर काठमाडौँको शंखरापुर नगरपालिका–३ बोझेनीमा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फुलमाया थिङ रहेको महानगरीय प्रहरी प्रभाग साँखुले जनाएको छ ।

बुधबार राति घर भित्र न्यानोका लागिथ आगो बालेर झ्याल–ढोका बन्द गरी सुतेका उनीहरू बिहान मृत भेटिएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी सहायक निरीक्षक सञ्जय स्यांबोले जानकारी दिए ।

थिङ दम्पत्तीका छोरा शुनिल भने जीवित छन् । बिहीबार बिहान बुवा–आमा अचेत अवस्थामा देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए । अहिले शव पोस्टमार्टमका लागि लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*