त्रिवेणीधाम नजिकै खोलामा डुबेको अवस्थामा शव फेला

हेटौंडा । हेटौंडाको त्रिवेणीधाम नजिकै खोलामा एक महिलाको शव डुबेको अवस्थामा फेला परेको छ ।

सोमबार बिहान खोलामा डुबेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

परिचय नखुलेको अन्दाजी ५५-६० वर्षको महिलाको शव भेटिएको हो । स्थानीयले उक्त महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*