आज मकवानपुरमा ५० जनामा कोरोना संक्रमण

हेटौंडा । मकवानपुरमा आज थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ सय ६६ जनाले संक्रमणलाई जितेका छन् ।

पछिल्लो २४ घण्टामा पिसिआर र एन्टीजेन गरेर १ सय ४ जनामा गरिएको परीक्षणमा ५० जनामा कोरोना देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेहरुमा सबैभन्दा बढी ३६ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् ।

यसैगरि पुष्टि हुनेहरुमा मनहरी गाउँपालिका भित्रका ८ जना,थाहा नगरपालिका भित्रका ४ जना,बकैया र भीमफेदी गाउँपालिका भित्रका एकएक जना रहेका छन् ।

जिल्लामा हाल ५ सय ७७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*