हेटौंडा मानवसेवा आश्रमद्वारा पारिवारिक पुनर्मिलन

हेटौंडा । मानवसेवा आश्रम,हेटौंडाले बेवारिसे अवस्थामा उद्दार गरेको एकजनालाई पारिवारिक पुनर्मिलन गरेको छ ।

गत मंसिर १ गते हेटौंडा-१५ बाट उद्दार गरिएका अक्लेश रामलाई मंगलबार परिवारमा पुनर्मिलन गराएको हो ।

छिमेकी देश भारतका अक्लेश परिवारसंग नेपाल आएपछि उपचारको क्रममा सम्पर्कविहिन भएका थिए ।

अक्लेशका परिवारले क्लेश हराएको भनी प्रहरीलाई उजुरी समेत गराएका थिए ।

छोरा भेट्ने आशा समेत मारिसकेका अक्लेशका बुबाले अक्लेशलाई भेटेपछि खुसी व्यक्त गरेका छन् ।

अक्लेशलाई लिन उनका बुबा मानवसेवा आश्रम हेटौंडा आएको मानवसेवा आश्रम,हेटौंडाले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, हेटौंडा-९ का वडाध्यक्ष लक्ष्मणप्रसाद भण्डारीको उपस्थितिमा आश्रमले पारिवारिक पुनर्मिलन गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*