हेटौंडा १५ रातमाटेमा बस र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातमाटेमा बस र मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत रातोमाटेमा बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको हो ।

अर्का एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हिजो आज मकवानपुर क्षेत्रमा पर्ने राजमार्गमा दुर्घटना निकै बढेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार मकवानपुर बकैया–७ बस्ने ३७ बर्षका शिब प्रसाद सुबेदी रहेको मकवानपुर प्रहरीले जनाएको छ। मृतक सुवेदीको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जनाइएको छ।

बुधबार दिउँसो पुर्व–पश्चिम सडकखण्डमा बाराबाट हेटौडा तर्फ आउदै गरेको ना ६ ख ८४२५ नम्बरको बस र बिपरित दिशा बाट जादै गरेको बागमती प्रदेश ०२०२५ प ३०८१ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खादा दुर्घटनाग्रस्त भएको हो।

त्यसैगरी घाइते हुनेमा मोटरसाइकल चालक दोलखा बस्ने ४६ बर्षीय थनक प्रसाद दुलाल घाइते भएको जनाइएको छ। ठक्कर दिने बस तथा चालक नियन्त्रणमा रहेको मकवानपुर प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*