७० प्रतिशत नागरिकलाई खोप लगाएर नेपालले कोशेढुंगा पार गर्‍यो – डब्लुएचओ

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालले लक्षित जनसंख्याको ७० प्रतिशत नागरिकलाई कोभिड १९ विरुद्ध खोप लगाएर कोशेढुंगा पार गरेको जनाएको छ। यस अवसरमा (डब्लुएचओ)ले नेपाललाई बधाई पनि दिएको छ।

नेपालस्थित डब्लुएचओ कार्यालयले विज्ञप्ति जारी गर्दै १८ वर्षभन्दा माथिको ७० प्रतिशत जनसंख्याले खोप लगाएकोमा बधाई दिएको हो। ‘७० प्रतिशतको कोशेढुंगा पार गर्नु नेपाल र यसका साझेदारहरुको सामूहिकताको परिणाम हो’ डब्लुएचओले भनेको छ।

हालसम्म नेपालमा लक्षित समूहका ८६ प्रतिशतले पहिलो मात्रा लगाएका छन् भने ७४ प्रतिशतले पुर्णमात्रा खोप लगाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*