चट्याङ लागेर दुई जनाको मृत्यु

सुर्खेत । चट्याङ लागेर सुर्खेत र सल्यानमा दुई महिलाको मृत्यु भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका र सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा एक-एक जना महिलाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भेरीगंगा नगरपालिका-११ चिंगाडी टोलकी ३३ वर्षीया नोखीसरा खत्रीको मृत्यु भएको छ । बिहीबार बेलुका साढे छ बजेतिर चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारको क्रममा मेहलकुना अस्पतालमा साढे सात बजेतिर मृत्यु भएको हो ।

यस्तै सल्यानको बनगाड कुपिण्डे नगरपालिका-७ लामासराकी ४० वर्षीया रामकला कामीको चट्याङ लागेर मृत्यु भएको छ । बिहीबार राति चट्याङ लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*