मकवानपुरगढीको बुढीचौरमा पनि हिमपात

हेटौंडा । मकवानपुरको साबिकको बुढीचौर गाबिस वडा नंबर ५ को हालको मकवानपुरगढी गाउँपालिका वडा नंबर ८ मा पनि हिमपात भएको छ ।

गएराति वर्षा संगै हल्का हिमपात भएको स्थानीय गुञ्जरत्न लामाले जानकारी दिए । उनका अनुसार बुढीचौरको मतान्छे डाँडामा यस वर्षको पहिलो पटक हिमपात भएको हो ।

उनले भनेः वर्षै पिच्छे यहाँको डाँडाहरुमा हिमपात हुने गरेको,यस वर्ष पनि उक्त डाँडा श्रेत्रमा मात्र हिउँ देख्न सकिन्छ । बस्ती क्षेत्रमा भने हिमपात भएको छैन । डाँडाहरु सेताम्मे देख्न सकिन्छ ।

यता,उत्तरी मकवानपुरको थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा भने भारी हिमपात भएको छ । गएराति वर्षा संगै हिमपात हुँदा त्रिभुवन राजपथ अवरोध भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

हिमपातले हेटौंडा-काठमाण्डौ जोड्ने पुरानो सडकमार्ग त्रिभुवन राजपथ अन्तर्गत सिमभञ्याङ र दामन क्षेत्रको सडक पूर्ण रुपमा बन्द रहेको छ । प्रवक्ता रिमालका अनुसार नगरपालिकासंग समन्वय गरेर हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*