मकवानपुरमा आज १९ जनामा कोरोना पुष्टि

हेटौंडा । पछिल्लो दिनहरुमा मकवानपुरमा कोरोना पुष्टि हुनेहरुको संख्या घट्दो क्रममा रहेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा १९ जनामा मात्र संक्रमण पुष्टि भएको छ ।

२९ जनामा पिसिआर र ३२ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः १५ जना र ४ जना गरी आज थप १९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यसैगरि,पछिल्लो २४ घण्टामा थप ८१ जना संक्रमितले संक्रमणलाई जितेका छन् । जिल्लामा हाल १ सय ७५ जना सक्रिय संक्रमित रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*