आँचलको लागि वरको खोजी

काठमाडौं । मिलन चाम्सले नेपाली फिल्म ‘वर एन्ड वधु’ को निर्देशन गर्न लागेका छन् । यो फिल्मको लागि नायिका आँचल शर्मा वधुको भुमिकाको लागि फाईनल् भएकी छन् ।

हालसम्म आँचल मात्र कास्ट भएको यो फिल्मको लागि ‘वधु’ अर्थात पुरुष कलाकारको खोजी भईरहेको छ । कमेडी र लभ स्टोरी कथामा बन्ने यो फिल्मका लागि नयाँ नायकको खोजी गरिएको हो । चलचित्रमा काम गर्न चाहने फ्रेस युवकले निर्माण टिमसँग सम्पर्क गर्न सक्ने निर्देशक मिलनले बताएका छन् ।

कोरोना कहरपछि नायिका शर्माले पहिलोपटक नेपाली फिल्ममा काम गर्ने लागेकी हुन् । यो फिल्मलाई लिएर उत्साहित उनले यसबीचमा नै ‘हिटम्यान’ नामक दक्षिण भारतिय फिल्ममा  भने काम गरिसकेकी छिन् ।

वर एन्ड वधु एल.आर.के इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने बताईएको छ । अन्य कलाकार र प्राविधिक केही दिनमै फाइनल हुने र पत्रकार सम्मेलन मार्फत जानकारी दिने जनाईएको छ ।

मिलनले हाल फिल्म ‘गोर्खा वारियर २’को छायांकन गरिरहेका छन् । यस्तै, उनी एक फुटबलरको बायोपिक निर्देशन गर्ने तयारी पनि गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*