यसकारण मनाइन्छ ‘प्रमिस डे’

हेटौंडा । हरेक वर्ष ११ फेब्रुअरीका दिन मनाइन्छ, ‘प्रमिस डे’ । एक अर्काको सम्बन्धमा बाचा गर्ने भएकाले प्रेमील जोडीका लागि यो दिनको बेग्लै महत्त्व छ । यसरी गरिने बाचाले सम्बन्धमा थप मिठास ल्याउनुका साथै सम्बन्ध बलियो बन्छ ।

किन मनाइन्छ ‘प्रमिस डे’ ?
सम्बन्ध बलियो बनाउने र एक अर्काको साथमा रहने जस्ता बाचा जोडीहरूले यस दिनमा गर्ने गर्दछन् । बाचाले सम्बन्धलाई अझै प्रेमिल र गहिरो बनाउँदै लान्छ । यसले सम्बन्धमा एकअर्काप्रति विश्वास दर्साउँछ ।

‘प्रमिस डे’मा गरिने पाँच बाचा
सबै सम्बन्धमा खुसी रहन आवश्यक छ । कतिपय व्यक्तिहरू प्रेम सम्बन्धमा रहेपछि साना–तिना कुराका कारण दुःखी हुने गर्छन् । त्यसैले यस दिन आफू पनि खुसी हुने र आफ्नो जोडीलाई पनि खुसी बनाउने बाचा गर्ने गरिन्छ ।

प्रेम सम्बन्धमा सबैभन्दा आवश्यक एकअर्कालाई सम्मान दिनु हो । जुन सम्बन्धमा सम्मान हुँदैन, त्यो सम्बन्ध निभाउन पनि सहज हुँदैन । त्यसैले सम्बन्धलाई सुमधुर बनाउन एकाअर्काप्रति सम्मान दिन जरुरी छ ।

सुखमा त सबैले साथ दिन्छन्, आफ्नो त्यो हो जसले दुःखमा पनि साथ दिन्छ । त्यसैले आफूसँग सम्बन्धमा रहेको व्यक्तिलाई जस्तोसुकै कठिन परिस्थितिमा पनि साथ दिने बाचा यस दिन गरिन्छ ।

सम्बन्धमा परिस्थितिहरू बदलिरहन्छन्, त्यसैले हरेक परिस्थितिलाई बुझ्ने प्रयास गर्नुहोस् र साथ दिने बाचा गर्नुहोस् । जसले एकअर्कामा खुसी रहन सकिन्छ ।

सम्बन्धमा सबैभन्दा बढि महत्व प्रेम र भावनाको हुने गर्छ । यस दिन तपाईंहरूले आफ्नो जोडीलाई उ प्रतिको माया कहिले कम नहुने र सधैं माया गरिरहने भन्दै वाचा गर्न सक्नुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*