मेयर महतद्वारा हेटौँडामा माटो परिक्षण ल्याबको उद्घाटन

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १६ मा माटो परिक्षण ल्यावको उद्घाटन भएको छ । सोमबार एक कार्यक्रमबिच हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले ल्यावको उद्घाटन गरेका हुन् । ल्यावमा किसानहरुले आफ्नो खेतबारीमो माटो निशुल्क रुपमा परिक्षण गर्न सक्नेछन् ।
माटो परिक्षण ल्यावको उद्घाटन गर्दै मेयर महतले भने ‘हामीले नगरमा रहेका खेतियोग्य जमिनमा के–कस्ता उब्जनी गर्न सक्छौ र त्यहाको माटोको अवस्था कस्तो छ भनेर थाहा पाउनको लागि ल्यावले किसानलाई सहयोग गर्छ ।’

ल्याबलाई पहिलो चरणमा उपमहानगरपालिकाले ५ लाख रुपैँया बराबरको सामग्री उपलब्ध गराएको छ । ल्यावलाई आवश्यक पर्ने थप उपकरण तथा जनशक्ति ब्यवस्थापनमान उपमहानगरपालिले थप सहयोग गर्ने महतको भनाई छ । कार्यक्रम हेटौँडा उपमहानगरपालिका वडा नंबर १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*