सलमान खान,ज्याकलिन लगायत नेपाल आउदै

बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन्। ओडिसी इन्टरटेन्मेन्टको आयोजनामा हुने कार्यक्रमका लागि सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिस, प्रभु देवालगायतका कलाकार नेपाल आउने भएका हुन्।

ओडिसीकै आयोजनामा चार वर्षअघि दबंग रिलोडेड कार्यक्रम हुने भनिएको थियो। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कार्यक्रममा अवरोध गर्ने धम्की दिएपछि उक्त कार्यक्रम आयोजना हुन सकेको थिएन। सोही सम्झौताअनुसार सलमानलाई फेरि नेपाल ल्याउन लागिएको आयोजकले बताएको छ।

आयोजकका अनुसार उक्त कार्यक्रम आगामी वैशाख ३ गते काठमाडौंको दशरथ रंगशालामा हुनेछ। कार्यक्रमको तयारी र सुरक्षा व्यवस्थाको निरीक्षण गर्न सलमानका भाइ केही दिनमा नेपालमा आउने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*