युक्रेनको राजधानीमा बिहानैदेखि लगातार विस्फोट

काठमाडौं । युक्रेनको राजधानी किभमा आज पनि निरन्तर विष्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सीएनएनका अनुसार राजधानी किभमा शुक्रबार बिहानै थुप्रै विस्फोटहरू भएका छन् । बिहानै लगातार विस्फोट भएको सीएनएनले उल्लेख गरेको छ ।

युक्रेनका सरकारी अधिकारीहरूका अनुसार आज मात्रै दुई ठूला विस्फोट भएका छन् । त्यसमा क्रुज अथवा बलिस्टिक क्षेप्यास्त्रहरूको प्रयोग गरिएको हुनसक्ने उनीहरूको दाबी छ ।

युक्रेनमा बिहीबारमात्रै विस्फोट गराएर रुसले सैनिक कारबाहीको घोषणा गरेको थियो । त्यहाँका डोनेट्स्क र लुहान्सक दुई क्षेत्रलाई रुसले स्वतन्त्र राज्य घोषणा गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*