युक्रेनमा रहेका १९३ जना नेपाली दूतावासको सम्पर्कमा

किभ । युक्रेनमा रहेका नेपालीहरु सुरक्षित रहेको र सम्पर्क भइरहेको जर्मनीमा रहेको नेपाली दूतावासले जनाएको छ । बर्लिनस्थित नेपाली दूतावासका अनुसार अहिलेसम्म १९३ नेपाली सम्पर्कमा आएका छन् ।

युक्रेनमा दुई सय बढी नेपाली रहेको दूतावासको अनुमान छ । रुसले पूर्वी भागमा आक्रमण गरेकाले पश्चिमी क्षेत्र सुरक्षित रहेको भन्दै दूतावासले त्यता जान आग्रह गरेको छ । युक्रेनको राजधानी र पूर्वी क्षेत्रमा रहेका नेपाली स्थलमार्गबाट सुरक्षित ठाउँतर्फ गइरहेका छन् ।

युक्रेनसँग सीमाना जोडिएका स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले नाका खुला गरेकाले सुरक्षित तरिकाले नेपाल फर्कनको लागि ती देशतर्फ जान सकिने पनि दूतावासले जनाएको छ । सीमा नाकामा प्रवेश गर्नको लागि राहदानी या यात्रा अनुमतिपत्र आवश्यक परेमा राहदानीको फोटोकपी र फोटो दूतावासको ठेगानामा पठाउन पनि आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*