संसारकै महंगो फूल, एउटा थुँगाको मूल्य ३ लाख !

काठमाडौं । कतिपय मानिसहरु फूलका पारखी हुन्छन् र आफ्नो मनपर्ने फूलका लागि कुनै पनि मूल्य चुकाउन तयार हुन्छन् ।

हालै एउटा यस्तै घटना भएको छ जसमा एउटा फूल अनलाइनमार्फत् ३ लाख रुपैयाँ बराबरको मूल्यमा बिक्री भएको छ ।

स्नोड्रप बल्ब नामक उक्त फूल निख्खर सेतो रङको फूल हो । यो फूलको ससानो विरुवा हुनछ । यो फूल फुल्नुभन्दा अगाडि एउटा थोपा अर्थात् ड्रप जस्तै गरी यसको कोपिला निस्किन्छ ।

जब यो फुल्दछ त्यसबेला यसका आन्तरिक र बाहिरी गरी ६ पत्र बन्दछन् । पुष्पदलहरु सानो ब्लेडजस्तै आकारका हुन्छन्, झण्डै ४ इन्च लामा । यो बाह्रमासे विरुवा भएपनि वसन्तकालमा मात्र फूल्दछ ।

संसारका विभिन्न भागमा यो फूल रहेको छ । बेलायतमा यो फूलको माग उच्च छ । त्यसैले पुष्पउत्पादकहरुले यो फूललाई विशेष किसिमले फूलाउँदछन् र अनलाइनमा समेत चर्को मूल्यमा बेचिन्छ । यो फूलको वैज्ञानिक नाम ग्यालेन्थस प्लिकेटस हो । यो फूल पूर्णरुपमा विकसित हुनका लागि १८ वर्ष लाग्दछ ।

बेलायतको क्याम्ब्रिजशायरको कटनह्याका जो शरम्यानले आफ्नो पहिलो गोल्डेन फ्लीस नामको एक स्नोड्रप बल्ब फूल लिलामीमा बेचेका छन् । यसको मूल्य साढे १८ सय पाउण्ड अर्थात् ३ लाख रुपैयाँ भन्दा धेरै परेको छ । अनलाइन वेबसाइट इबेमा यो फूल बिक्रि भएको हो । एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*