११ वर्षयताकै उच्च बिन्दुमा पुग्यो कच्चा तेलको मूल्य

काठमाडौं । युक्रेन र रसिया बीचको युद्ध चर्किंदै जाँदा यसको असर कच्चा तेलको मूल्यमा पनि देखा परेको छ ।

मंगलबार एकैदिन झण्डै चार प्रतिशतले बढेर ब्रेन्ट कच्चा तेलको मूल्य ११ वर्ष यताकै उच्च बिन्दुमा पुगेको आयाल प्राइस डटकमले जनाएको छ ।

मंगलबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल १०९.६ सेन्ट डलर पुगेको छ । जुन १ मार्च २०११ को भन्दा १.२ डलरले कम हो । सो दिन प्रति ब्यारेल ब्रेन्ट कच्चा तेलको मूल्य डलर ११०.४ सेन्ट थियो ।

युद्धका कारण विभिन्न देशले रसियामाथिको प्रतिबन्ध बढाउँदै लगेपछि रसियाबाट निर्यात हुने कच्चा तेल र ग्याँसको आपूर्ति शृंखलामा असर पर्ने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*