पल शाहविरुद्ध पुनः म्याद थपको तयारी

काठमाडौं ।  एक नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहमाथि फेरि म्याद थपको तयारी गरिएको छ ।

पलविरुद्धको अनुसन्धान नसकिएकाले म्याद थपको तयारी गरिएको हो । प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले म्याद थप्ने तयारी भइरहेको जानकारी दिए । उनीविरुद्ध जिल्ला अदालत तनहुँले गएको आइतबार सात दिनको न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उक्त म्याद आज सकिँदै छ ।

पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा एक नाबालिग गायिकाका बुवाले जबरजस्ती करणी (बलात्कार) गरेको भन्दै जाहेरी दिएका थिए । पलविरुद्ध गैंडाकोटमा अर्को जाहेरी समेत परेको छ । आफूलाई मादक पदार्थ सेवन गराई गत वर्ष चैत ७ गते गैंडाकोटको एक होटेलमा बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा अर्को जाहेरी दर्ता भएको हो ।

एकै घटनामा दुई स्थानमा जाहेरी दर्ता भए पनि म्याद थप, मुद्दा दर्तालगायत काम भने जिल्ला प्रहरी कार्यालय तनहुँबाटै हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*