भुपेन्द्र थापा मगरले जिते नेपाल आइडल सिजन – ४

काठमाडौं । नेपालको चर्चित गायन रियालिटी सो नेपाल आइडलको चौथो संस्करणको बिजेता भुपेन्द्र थापा मगर बनेका छन् ।

मंसिर २३ गतेबाट सुरु भएको नेपाल आइडल शनिबार राति सम्पन्न भएको ग्रान्ड फिनालेमा अन्य ४ प्रतिस्पर्धीलाई पछि पार्दै भैरहवाका भुपेन्द्र बिजेता बनेका हुन् ।

बिजेता भुपेन्द्रले ट्रफिसँगै ३० लाख रुपैयाँ प्राप्त गरे । यसैगरी, झापाका नामगेल तामाङ फस्ट रनरअप भएर ५ लाख रुपैयाँ र रामेछापका रन्जित नेपाली सेकेन्ड रनरअप भएर ३ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

यस संस्करणमा संगीतकार शम्भुजित बाँस्कोटा, गायक सुगम पोखरेल र गायिका सुवानी मोक्तन निर्णायक रहेका थिए भने शोलाई नायक आशिफ शाह र टिकटकर रेश्मा घिमिरेले होस्ट गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*