यूएईले नेपाललाई दियो २०३ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टुमा अन्तर्गतको खेलमा आयोजक यूएईले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ । दुबई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन जोड्यो ।
यूएईका लागि रोहन मुस्तफाले सर्वाधिक ६० रनको योगदान गरे । ओपनर मुहम्मद रिजवानले ३३ रन जोडे । त्यस्तै चिराग सुरीले २६ रन बनाउदा भृत्या अरविन्दले २४ रन जोडे ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए ।

त्यस्तै करण केसी र सोमपाल कामीले समान दुई(दुई विकेट हात पारे । त्यस्तै आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।
यूएईसँगको पहिलो खेलमा ४८ रनले पराजित भएको नेपाल आजको खेलमा जित निकाल्ने योजनामा छ । आजको खेलमा दुबै टोलीलाई दुई अंक महत्वपूर्ण छ । नेपाल र युएईबीच हालसम्मको नतिजा हेर्दा नेपाल कमजोर छ ।

पाँच एकदिवसीय खेल हुँदा नेपाल दुई खेलमा विजयी भएको छ भने यूएईले तीन खेलमा बाजि मारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*