पेट्रोल पम्पहरुमा पेट्रोल भर्नेहरुको लाइन बढ्न थाल्यो

काठमाडौं । पेट्रोलियम पदार्थको अभाव हुने डरले काठमाडौं सहित देशभरका पेट्रोल पम्पहरुमा शनिबार पनि पेट्रोल भर्नेहरुको लामो लाइन लागेको छ । पेट्रोलियम पदार्थ ढुवानीकर्ताको आन्दोलनका कारण आपूर्ति नभएर पेट्रोलियम पदार्थ अभाव हुन सक्ने भन्दै सर्वसाधारण पेट्रोल पम्पमा लाइन लागेका हुन् ।

एक्कासी धेरै मानिसहरु तेल भर्न लाइन लाग्दा पेट्रोल पम्पहरुले पनि माग अनुसार तेल दिन सकेका छैनन् । आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालभित्रका निगमको डिपोबाट पम्पहरुले किन्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको छ । यसका कारण शुक्रबार पम्पहरुले निगमको डिपोबाट तेल ल्याउन पाएनन् ।

शुक्रबार भारतीय आयल कर्पोरेसनले पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा लिटरमा २७ रुपैयाँ घाटा कायम रहेको भन्दै निगमले विज्ञप्ति निकालेका कारण पनि आज–भोलि नै मूल्य बढ्ने आशंकाले तेल हाल्न लाइनमा बस्नेहरु छन् ।

ललितपुरको पुल्चोकस्थित साझा पेट्रोल पम्प सामान्यतया शनिबार बन्द हुने गर्थ्यो । तर यसपटक भने शनिबार पनि खुला राखिएको छ । साझामा तेल भर्नेहरुको लाइन पाँच सय मिटर भन्दा लामो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*