मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।

आज (मंगलबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । साथै प्रदेश-१ को केही स्थानमा हल्का वर्षाको भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार दिउँसो भने पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

देशको अन्य भू-भागमा भने मौसम सामान्यता सफा रहनेछ। पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार राती भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै देशका अन्य भू-भागमा भने आंशिक बदली रहनेछ।

त्यस्तै ,प्रदेश-१, लुम्बिनी प्रदेश,गण्डकी प्रदेश र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*