नेपालको जिम्बावे ‘ए’ माथि सानदार जित

काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध सानदार जित निकालेको छ ।

टियु क्रिकेट मैदानमा शनिबार नेपालले जिम्बावे ‘ए’ लाई ९ विकेटले हराएको हो ।

जिम्बावेले दिएको ८८ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेटको क्षतीमा ८९ बनाउदै लक्ष्य पूरा गर्यो ।

नेपालको जितमा सुनिल धमलाले सर्वाधिक ३८ रन बनाए ।

आसिफ शेखले अविजित ३४ रन जोडे । विनोद भण्डारी ४ रनमा अविजित रहे ।

जिम्बावेका ब्राण्डन माभुताले १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो ।

नेपाली बलरको किफायती बलिङ गरेको खेलमा जिम्बावेका लागि जोनाथन क्याम्पबेलले २७ रन बनाए ।

ब्राड इभान्स २० रन अविजित रहे । सेफासले १० तथा लुक जोग्वेले ८ रन बनाए ।

नेपालका सोमपाल कामी र करण केसीले ३र३ विकेट लिए । सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए।

ल्य मभकअचष्उतष्यल बखबष्बिदभि।

यस जितसँगै नेपालले पहिलो खेलमा व्यहोरेको हारको बदला लिएको छ ।

शुक्रबार भएको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो ।

नेपालले तीन खेलको सिरिजमा १-१ को बराबरी समेत गरेको छ ।

अन्तिम तथा तेस्रो एकदिवसीय सोमबार हुनेछ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो।

यस अघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*