तारा एयरको विमान खोज्न सेनाका जर्नेल सहितको टोली मुस्ताङको लेतेतर्फ

काठमाडौं । पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कविहीन भएको छ । बिहान १० बजेर १५ मिनेटमा जोमसोमका लागी टेकअफ भएको विमानको खोजीमा नेपाली सेनाका जर्नेल नेतृत्वको उद्दार टिम सम्भावित घटनास्थल तर्फ गएका छन् ।

काठमाडौंबाट गएको एमआई–१७ हेलिकप्टरमा मध्यकमाण्ड पोखराका जर्नेल सहितको टिम घटनास्थलतर्फ गएको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिलवालले  बताए । सिलवालले भने– ‘पैदल फौज पनि परिचालन गरिएको छ । तर, लोकेट गर्न सकिएको छैन ।’

मुस्ताङको घाँसा पोष्टबाट ६५ जना सैनिक टिम परिचालन गरिएको छ । सेनाको टोलीले मुस्ताङको लेते आसपासमा खोजी कार्य जारी राखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*