सवारी लाइसेन्सका आवेदन आज साँझ ६ बजेदेखि खुला हुदैं

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ ।

नयाँ अनलाइन प्रणाली सुरु गर्न भन्दै विभागले नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको हो ।

विभागका अनुसार अब  applydl.dotm.gov.np  लगइन गरी नयाँ आवेदन भर्नुपर्नेछ ।

नयाँ लाइसेन्सका लागि सोमबार साँझ ६ बजेदेखि आवेदन खुला हुनेछ भने वर्ग थपका लागि अर्को साताको सोबारबाट आवेदन खुला हुनेछ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु