मेरिना मगरमाथि‘दुर्व्यवहार’ को आरोपमा थुनिएका भिक्षु रिहा

नायिका मेरिना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका भिक्षु रिहा भएका छन् । चौतर्फी दबाबका बीच भिक्षुमाथिको उजुरी फिर्ता लिन नायिका तयार भएपछि प्रहरीले उनलाई रिहा गरेको हो ।

सिभिल मलमा ‘कबड्डी ४’ हेरेर निस्किने क्रममा आफूलाई भिक्षुले ब्याड टच गरेको आरोप मेरिनाले लगाएकी थिइन् । तर, निर्दोषलाई फसाएको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भएको छ । कबड्डी ४ टिमले नायिका र बुद्धिष्ट संघ-संस्थाबीच छलफल गराएको थियो । त्यसपछि दुवै पक्ष समझदारीमा पुगेका हुन् ।

जिल्ला प्रशासन कार्यालयको रोहबरमा तामाङलाई रिहा गरिएको काठमाडौं प्रहरीका प्रवक्ता दिनेश मैनालीले पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु