मकवानपुर गोल्डकपमा आज विएफसि चितवन र चर्चव्वाईज भिड्दै

हेटौंडा । बिहिबारबाट हेटौंडामा सुरु भएको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगितामा आज शुक्रबार चितवनको विएफसि क्लब र काठमाण्डौको चर्चव्वाईज क्लबबीच खेल हुँदै छ ।

हेटौंडा-५ स्थित पिप्ले रंगशालामा हुने खेल अपरान्न ३ बजेबाट सुरु हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । बिहिबार भएको उद्घाटन खेलमा सिमराको नव जनजागृति क्लबले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा सर्लाहीको बागमती युवा क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै सिमराले विजयी सुरुवात गरेको हो ।

३० गते सम्म जारी रहने प्रतियोगितामा विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*