मकवानपुर गोल्डकपमा आज एपिएफ र फ्रेन्डस क्लब भिड्दै

हेटौंडा । हेटौंडा-५ को पिप्ले रंगशालामा जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगितामा आज शनिबार सशस्त्र प्रहरीको नेपाल एपिएफ,काठमाण्डौ र फ्रेन्डस क्लब ललितपुर भिड्दै छन् ।

शनिबार अपरान्न ४ बजे खेल सुरु हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।

शुक्रबार भएको खेलमा बीएफसी भरतपुरलाई ३–० गोल अन्तरले हराउँदै चर्च ब्वाइजले क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

३० गते सम्म जारी रहने प्रतियोगितामा विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*